तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्ने

बागमती । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्ने भएको  ।

आज दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुने बताइएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ५६ अर्ब भन्दा माथिको बजेट ल्याउने तयारी रहेको स्रोतले बताएको छ ।

अघिल्लो आव २०७७/७८ मा करिब ५२ अर्बको बजेट ल्याएको प्रदेश सरकारले बजेटको आकार बढाएको छ । आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रसहित पूर्वाधारलाई प्राथमिकता दिएको बताइएको छ । बजेटमा कोरोना नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ भने विद्युतीय बस सञ्चालन, कुलेखानी सुरुङ मार्ग निर्माणलगायतका कार्यक्रम समावेश गरिएको जनाइएको छ ।

बजेटमा प्रदेशका १३ वटै जिल्लालाई कोभिड सङ्क्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको साथै सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ बजेट विनियोजित गरिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button