तपाईँ सुन्दै हुनुहुन्छः

निरन्तरको वर्षाले अछाममा जोखिम, सतर्क रहन प्रशासनको आग्रह

अछाम। तीन दिनदेखिको निरन्तरको वर्षाले अछामका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।नेपालमा मनसुन भित्रिएसँगै अछाममा पनि पानी पर्न थालेको हो ।

अविरल वर्षाका कारण जिल्लाका  कैलाश खोला, बुढिगंगा नदी, कर्णाली नदी, चाईरा खोला, जनालीगाड, बारलेखोला, पर्भाली गाड लगायतमा पानीको बहाव उच्च र जोखिमयुक्त रहेको छ ।

खोला नालामा पानीको बहाव बढ्दा जिल्लाका केही गाउँ उच्च जोखिममा परेका छन् । रामारोशनको कैलाश खोला आसपास, बुढिगंगाको साँफेबगर आसपास र पूर्वी अछामको तोली, पुल्लेतोलाका केही गाउँ उच्च जोखिममा छन् । मौसम विज्ञान विभागका अनुसार अझै केही दिन नै भीषण वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउनुपर्ने देखिन्छ ।यसै बिच जिल्ला प्रशासन कार्यालय अछामले नदी आसपासका क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जोखिमका विषयमा जिल्ला प्रशासन कार्यालय विभिन्न सरोकारवाला निकायहरूसँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको बताएको छ ।साथै केही समस्या देखिएमा तत्काल प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ ।वर्षा निरन्तर भइरहेको तथा नदी खोलामा पानीको बहाव  बाह बढिरहेकाले सतर्कता अपनाउन प्रशासनको आग्रह छ ।बर्षकाका कारण अछामका ग्रामीण सडक समेत अवरुद्ध बनेका छन् । यो वर्षको पहिलो बर्षातमै सडकहरू अवरुद्ध बनेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button