तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारका समस्या सम्बोधन गर्ने मन्त्री थापाको प्रतिबद्धता    

file photo

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पत्रकारका आम समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारलाई सरकारका कमजोरी औँल्याउन आग्रह गर्नुभएको छ ।

मन्त्री थापाले सत्य तथ्य सूचनामा ध्यान दिएर समाचार प्रवाह गर्न पनि पत्रकारहरूलाई आग्रह गर्नुहुँदै पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन तत्काल पहल गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घको प्रमण्डलसँग मन्त्री थापाले खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप उपलब्ध गराउन आफूले स्वास्थ्य मन्त्रीसँग कुरा गर्ने जानकारी दिनुभयो ।
उहाँले नयाँ बजेटमा व्यवस्था भएअनुरूप पत्रकारको निःशुल्क उपचार र सात लाख रुपैयाँको जीवन बिमाको विषयमा यही असारभित्रै कार्यविधि बनाई साउनबाट लागु गर्ने बताउनुभयो ।
सोही अवसरमा महासङ्घले मन्त्री थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button