व्यवसाय क्षेत्रलाई उकास्ने बजेट ल्याउन कर्णालीका व्यवसायीको सुझाव
जुम्ला । कर्णालीका उद्योगी व्यवसायीले कोरोनाले थलिएको व्यवसाय क्षेत्रलाई उकास्ने खालको बजेट ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् ।
कोरोनाबाट नराम्री धरासयी भएको व्यवसाय क्षेत्र उकास्न विशेष राहत प्याकेज सहितको बजेट आउने आशामा रहेको उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जव अलि मनिहारले बताउनुभयो । कर्णालीका करिब ४२ हजार आर्थिक प्रतिष्ठान यति बेला ठप्प छन् । साना मझौला उद्योग, होटेल रेष्टुरेष्ट, व्यवसाय, लगायतका सबै क्षेत्र अस्तव्यस्त छन् ।
विगतमा सरकारले ब्याज मिनाहा गर्ने, सहुलियत ऋण दिने नीति ल्याए पनि निश्चित व्यक्तिले फाइदा लिएको हुँदा अब वास्तविक व्यवसायीलाई राहत पुग्ने खालको पारदर्शी बजेट ल्याउन आवश्यक भएको व्यवसायी मीन प्रसाद पौडेलले बताउनुभयो ।
उद्योगी रामकृष्ण चौलागाईले उद्योग बन्द हुँदा कच्चा पदार्थकै मूल्य दिन नसकिएको र २ करोड बराबरको उत्पादित बस्तु थन्किएको बताउनुभयो ।
आगामी असार १ गते कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयार गरेको छ ।
कर्णाली प्रदेशमा रहेको बेरुजुलाई व्यवस्थित बनाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गरिने भएको छ ।
वित्तीय अनुशासन, पारदर्शिता कायम, सुशासन कायम, वित्तीय सूचनामा नागरिकको पहुँच तथा आर्थिक विश्वसनीयता बढाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गर्न लागिएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख मानबहादुर बमले जानकारी दिनुभयो ।
बेरुजु प्रणाली कर्णाली प्रदेश सरकार मातहतका करिब १७० कार्यालयमा लागू गरिने प्रमुख बमले बताउनुभयो । उहाँले यो प्रणालीले कर्णालीको बेरुजुलाई सहजै व्यवस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशले सुरु गर्न लागेको सो प्रणाली नेपालमै पहिलो हो ।
प्रमुख बमका अनुसार प्रदेश सरकारका आफ्ना कार्यालयका तीन आर्थिक वर्षको बेरुजु विवरण डिजिटल अभिलेखमा राखिनेछ । आव २०७४–७५ देखिको महालेखा परीक्षकको कार्यालयले औंल्याएको बेरुजुलाई अभिलेख गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्