तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको ३० लाख रकमसहित दुईजना भारतीय नागरिक पक्राउ

गौर। भारतबाट नेपाल तर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार अवैध रकम सहित दुईजना भारतीय नागरिकलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेका छन ।
रौतहट जिल्लाको परोहा नगरपालिका ९ रामपुरखाप स्थित नेपाल भारत सिमामा प्रहरीले चेकजाँज गर्ने क्रममा स्रोत नखुलेको उक्त अवैध रकम सहित दुईजना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिरआर ०५ आर ४५२१ नम्बरको मोटरसाईकल रोकी चेकजाँज गर्दा मोटरसाईकल चालक र पछाडि सवारहरुले बोकको नाइलनको झोलामा र उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६हजार नेपाली रुपैया बरामद भएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले बताउनुभयो ।
स्रोत नखुलेका अवैध रकम सहित मोटरसाईकल चालक भारत बिहार राज्य मोतिहारी जिल्ला घोडासहन बस्ने २२ वर्षको बन्टिकुमार कलवार र पछाडि सवार सोही ठाउँका २० वर्षिय सुरज कलवारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो ।
अवैध रकम, मोटरसाईकल सहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button