बाँकेमा आज कोरोना संक्रमित र निको हुनेको सङ्ख्या बराबर

बाँके । पछिल्लो २४ घण्टामा बाँकेमा ११५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये २८ जना बाँकेका हुन् भने अरू बाहिर जिल्लाका भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जानकारी गराएको छ ।
जिल्लाका दुई वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३८१ नमुना परिक्षण गरिएकोमा ११५ जनामा भाइरस पोजेटिभ देखिएको छ ।
भेरी अस्पताल नेपालगन्जमा ३१९ नमुना परीक्षण गर्दा ९५ जनामा र बागेश्वरी प्रयोगशालामा ६२ नमुना परीक्षण गर्दा २० जनामा भाइरस देखिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा सङ्कलित नमुनाको भने रिपोर्ट आएको छैन । बाँकेमा २८ जना संक्रमित कोरोनालाई परास्त गर्दै डिस्चार्ज भएका छन् । हालसम्म बाँकेमा जम्मा संक्रमित १७२८५ मध्ये १६६८३ जना निको भई सकेका छन् ।
कोभिडका बिरामी मध्ये ८२ जना गम्भीर प्रकृतिका
कोरोना भाइरसका सङ्क्रमितको उपचार गराइरहेका बाँकेका चार अस्पतालमा अझै पनि ८२ जना गम्भीर बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।
भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, युनाइटेड अस्पताल नेपालगन्ज र वेष्टर्न अस्पतालमा उपचार गराइरहेकामध्ये ८२ जना बिरामीको अवस्था गम्भीर छ ।
समितिका अनुसार ७७ जना सिकिस्त छन् भने ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सङ्क्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३२२ जना र जिल्लाकै ३०३ जनाले ज्यान गुमाइसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्