तपाईँ सुन्दै हुनुहुन्छः

मृत बँदेलसहित तीन जना पक्राउ 

कञ्चनपुर । कञ्चनपुर प्रहरीले मृत बँदेल र टिप्पर सहित तीन जनालाई पक्राउ गरेको छ । गए राति ना १ क ५७७२ नम्बरको टिप्परमा बँदेल मारी लुकाइछिपाई ओसारपसार गरिरहेको अवस्थामा शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा टिप्पर चालक मानबहादुर सुनार सहित अन्य सहयोगीहरू वेदकोट नगरपालिका वडा नम्बर ६ का दिनेश चौधरी र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ का विशाल टमटा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार, बँदेललाई मारेर टिप्परमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धानका लागि मृत बँदेल, टिप्पर सहित पक्राउ परेका तीनै जनालाई  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउँको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button