चिनिया खोप ’भेरोसेल’ नआएपछि खोप कार्यक्रम स्थगित
बारा । बारा जिल्लामा चिनिया खोप ’भेरोसेल’ नआएपछि अन्तिम अवस्थामा खोप कार्यक्रम स्थगित गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले एक सूचना जारी गर्दै जेठ २५ र २६ गतेका दिन भेरोसेल खोप लगाउने परिपत्र भएकोमा हाल सम्म जिल्लामा पुरा मात्रामा भ्याक्सिन उपलब्ध नभएकोले हाललाई भेरोसेल खोप लगाउने कार्यक्रम स्थगित गरिएको जानकारी दिनु भएको छ ।
भ्याक्सिन प्राप्त भएपछि सूचना प्रकाशन गरिने र सोही अनुसार खोप कार्यक्रम सञ्चालन गरिने निमित्त प्रमुख यादव ले बताउँनुभयो । यस अघि बारामा आज र भोलि राष्ट्रिय खोप कार्य योजना अनुसार ६० देखि ६४ वर्षमाथि उमेर समूहका मानिसहरूलाई लगाउने योजना थियो ।








प्रतिक्रिया राख्नुहोस्