तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाकाे बैठक शुरु

धनगढी। सुदूरपश्चिम प्रदेश सभाकाे बैठक शुरु भएकाे छ । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री त्रिलाेचन भट्टले विश्वासकाे मत लिनुहुनेे कार्यसूची रहेको छ ।

विश्वासकाे मत लिने प्रयाेजनकाे सम्बन्धी सम्पूर्ण तयारी पुरा भएकाे प्रदेश सभा सचिवालयले जनाएको छ । जसमा विश्वासकाे मतकाे पक्षमा, विपक्षमा र तटस्थ गरी तीन ठाउँमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

सुदूरपश्चिम प्रदेश सभा ५३ सदस्यीय रहेकाेमा एक पद रिक्त रहेकाले अहिले ५२ सदस्य रहेका छन् । हाल प्रदेश सभामा नेकपा एमालेका २५ (सभामुख सहित) जना, नेकपा माअाेवादी केन्द्रका (उपसभामुख सहित) १३  जना, नेपाली काँग्रेसका १२ जना र जसपाका २ जना प्रदेश सभा सदस्य रहेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button