लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले भोलि मङ्गलवार प्रदेश सभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रस्तुत गर्न आग्रह गर्ने निर्णय भएको मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
बैठकले आर्थिक वर्ष २०७८–७९ को लागि मङ्गलवार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो ।
चौधरीले लुम्बिनी प्रदेश सरकारको कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थप गर्ने निर्णय भएको बताउनुभयो । उहाँले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थप गरिएको जनाउनुभयो ।
दोस्रो भेरियन्ट आइसकेपछि १०–१० करोड गरी २० करोड विनियोजन गरिसकेको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्