तपाईँ सुन्दै हुनुहुन्छः

केही स्थानमा सामान्य वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश १ लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

साेमवारदिउँसो प्रदेश १ र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button