स्वास्थ्यकर्मीको परिचयपत्र बनाएर लागूपदार्थ ओसारपसार गर्ने दुई पक्राउ
तनहुँ । स्वास्थ्यकर्मीको परिचय पत्र बनाएर लागूपदार्थ ओसारपसार गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं १२ घर भई हाल गोरखा नगरपालिका पाङकोट बस्ने २६ वर्षका उमेश खत्री र गोरखा आरुघाट गाउँपालिका वडा नं १ घर भई हाल गोरखा नगरपालिका वडा नं ७ सतिपिपल बस्ने २४ वर्षका पूर्ण सिंह गुरुङ रहेका छन् ।
उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले आँबुखैरेनी वडा नं ४ बेनिटारबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट डाइजेपम ९४ थान, फेनरागन ९४ थान र नुफिन ९६ थान बरामद गरेको छ । त्यस्तै ४ थान सिरिन्ज समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये गुरुङले गोरखास्थित अर्याल मेडिकल हलको नाममा परिचय पत्र बनाएको भेटिएको छ । पक्राउ परेका दुबैलाई कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्