तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

 

बीरगंज । बीरगंजमा उपचारको क्रममा आज थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा एक जना र नारायणी बयोधा अस्पतालमा थप एक जना गरी दुई जनाको मृत्यु भएको हो ।

नारायणी बयोधा अस्पतालमा आज अपराह्न ३ बजे बाराको फेटा गाउँपालिका वडा नम्बर ५ निवासी ७० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नारायणी बयोधा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो ।

बीरगंज छपकैयाको मेट्रो अस्पतालमा उपचार भई रहेका सङ्क्रमितको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नारायणी बयोधा अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको पटेलले बताउनुभयो ।

त्यसै गरी उपचारको क्रममा वीरगंजको नारायणी अस्पतालमा बारा कोल्हवी नगरपालिका वडा नम्बर ४ निवासी ४० बर्षीया कोरोना संक्रमित महिलाको गए राति मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button