पाल्पामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो

पाल्पा । पाल्पामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरेको हो ।
गत चैत १७ गतेदेखि जारी निषेधाज्ञालाई थप गरेको हो ।
बैठकले यस अघि सबै बन्द रहेका वाणिज्य बैङ्कहरू बिहान ७ बजेदेखि १० बजेसम्म खुलाउने निर्णय गरेको छ ।
यस्तै कोभिड विरुद्धको खोप लगाउने स्थान पालिकाभित्र सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ ।








प्रतिक्रिया राख्नुहोस्