लागु औषधसहित पाँच जना पक्राउ
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा प्रहरीले दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुर बस्ने २१ वर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हिरोइनसहित हिजो साँझ पक्राउ गरेको हो ।
चन्दले चढेको भारतीय युके ०६ एइ ९७५८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
यसै गरी दोधारा चाँदनी नगरपालिका–६ बस्ने १८ वर्षीय आदीप मगर र सोही ठाउँ बस्ने १८ वर्षीय सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भएको छ ।
दुवै जनाले प्रयोग गरेको सुप प्रदेश ०२००३ प ३८०० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ ।
त्यस्तै पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँ बस्ने २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २३ वर्षीय तेज विकलाई लागु औषध नेट्राभेट ३४ ट्याब्लेट र स्पामोबोकाप्लस १८ ट्याब्लेटसहित सीमा क्षेत्रबाट पक्राउ गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्