तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा दाना उद्योगमा विस्फोट, एकको मृत्यु, दुई जना घाइते

नेपालगन्ज । बाँकेमा दाना उद्योगमा विस्फोट हुँदा एक जना मजदुरको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्ने क्रममा आज बिहान साढे ९ बजे कम्प्रेसर मेसिन विस्फोट हुँदा मिलमा कार्यरत बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १९ का साविराज मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
घटनामा परेर त्यहीँ कार्यरत  मजदुर इसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएको हुनुभएको छ ।
घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button