तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण कञ्चनपुरमा थप दुई जनाको मृत्यु 

कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमणका कारण कञ्चनपुरमा आज थप दुई जनाको मृत्यु भएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा भीमदत्त नगरपालिका–१० कि ६२ वर्षीया महिला र वेदकोट नगरपालिका–२ का ५० वर्षीया पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताउनुभएको छ ।
उहाँले अस्पतालमा ६५ जनामा गरिएको पिसिआर परीक्षणमा २२ जनाको नतिजा पोजेटिभ आएको दुई जना डिस्चार्ज भएका र हाल अस्पतालमा २९ जना उपचाररत रहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button