तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटाको कोभिड अस्पताललाई एक्स-रे मेसिन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्य चौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्स-रे मेसिन उपलब्ध गराइएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुर्‍याउने उद्देश्यले एक्स-रे मेसिन उपलब्ध गराएको हो ।
“कोरोनाका गम्भीर बिरामीले एक्स-रे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसनसिंह थापाले भने, “स्वास्थ्य चौकीमै एक्स-रे मेसिन उपलब्ध भएपछि स्थानीय स्तरमै बिरामीले सेवा पाउँछन् ।”
एक्स-रे मेसिन सञ्चालन गर्ने दक्ष जनशक्तिको व्यवस्थापनका लागि कार्य अगाडि बढाइने उहाँले  जनकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button