तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु 

कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप एक जनाको मृत्यु भएको छ ।

वेदकोट नगरपालिका–८ कि ५८ वर्षीया पुरुषको उपचारको क्रममा मृत्यु भएको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरका सूचना अधिकारी नारद प्रसाद भट्टले बताउनु भएको छ ।

उहाँले अस्पतालमा २१ जनामा गरिएको पिसिआर परीक्षणमा ११ जनाको रिपोट पोजेटिभ आएको, दुई जनाले कोरोना जिते घर फिर्ता भएका र हाल ३३ जना उपचाररत रहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button