तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

टीकापुर । टीकापुर अस्पतालमा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै टीकापुर अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको टीकापुर अस्पतालले जनाएको छ ।
आज २ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै टीकापुर अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या १ सय १७ पुगेको टीकापुर अस्पतालका कोरोना फोकल पर्सन डाक्टर रमेश प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
टीकापुर अस्पतालमा अहिले कोरोनाका लक्षण देखिएका २७ जना बिरामीको उपचार भइरहेको छ । २७ जना मध्ये १० जना एचडियुमा, ११ कोरोना जनरल वार्डमा र ६ जनालाई अक्सिजनसहित चिकित्सकको निगरानीमा उपचार भइरहेको डाक्टर उपाध्यायले बताउनुभयो । आज नयाँ ५ जना बिरामी भर्ना भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button