पाल्पामा थप ६१ जनामा सङ्क्रमण पुष्टि, थप तीन जनाको मृत्यु
पाल्पा । पाल्पामा बुधवार थप ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
कोरोना सङ्क्रमणकै कारण पाल्पामा बुधवार थप तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रिब्दीकोट ३ का ८१ वर्षका पुरुष छन् । त्यस्तै पूर्बखोला ४ का ३२ वर्षका पुरुष र रम्भा २ का ७९ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा थप १ सय २ जना निको भएका छन् ।
संक्रमित हुनेहरूमा ३१ जना पुरुष र ३० जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजासँगै पाल्पामा थप ६१ जना कोरोना सङ्क्रमित भएका हुन ।
जिल्लामा हाल १ हजार ७४ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्