सुनसरीमा थप एक जना कोरोना सङ्क्रमित पुरुको उपचारको क्रममा मृत्यु

सुनसरी । सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पताल धरानमा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्राध्यापक डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार गए राति मोरङको उर्लाबारी–४ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई ज्येष्ठ ४ गते कोरोना पोजेटिभ भएको थियो भने १२ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा गए राति ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्