पर्वतमा थप ४३ जना कोरोना सङ्क्रमणमुक्त
पर्वत । पर्वतमा आज थप ४३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमणमुक्त हुनेमा २४ जना पुरुष र १९ जना महिला रहेका छन् ।
जिल्लामा पछिल्लो केही दिन यता संक्रमित हुनेभन्दा निको हुनेको दर बढेको स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले जानकारी दिनुभयो ।
अधिकांश होम आइसोलेसनमा बसेर रोग निको भएका छन् ।
अहिलेसम्म दोस्रो लहरको कोरोना सङ्क्रमणमुक्त हुनेमा ३ सय ५ जना पुरुष र २ सय ४३ महिला गरी कुल ५ सय ४८ जना रहेका छन् ।
जिल्लाभर सक्रिय संक्रमित ६ सय ९२ जना रहेका छन् । कुस्मा नगरपालिकामा सबैभन्दा बढी २ सय ६ जना संक्रमित रहेका छन् भने सबैभन्दा कम पैयुँ गाउँपालिकामा २४ जना रहेका छन् ।
अहिले ७८ जना अस्पतालमा उपचाररत भएको र अन्य होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पर्वतमा अहिलेसम्म १ हजार ८ सय ४२ जनाको पीसीआर र २ हजार ९ सय २४ जनाको एण्टिजेन विधिबाट कोरोना संक्रमण परिक्षण गरिएको छ ।
कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने ४४ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्