‘कोरोना सङ्क्रमितको अवस्था बुझ्न निरन्तर घरदैलोमा’

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा गाउँपालिका भित्रका सङ्क्रमितहरूको घरघरमा पुगी स्वास्थ्य अवस्था बुझ्नु भएको छ ।
गाउँपालिकाका अध्यक्ष थापासहितको टोली गाउँपालिका भित्रका सङ्क्रमितहरूको स्वास्थ्य अवस्था बुझ्न र उनीहरूको हौसला बढाउन घरघरमा पुग्नुभएको हो ।
कोरोना सङ्क्रमितहरूलाई सामाजिक दुरी कायम गरी घरदैलोमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्दै स्वास्थ्य अवस्था बारे जानकारी लिई स्वास्थ्य लाभको कामना सहित हौसला प्रदान गरेको गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले जानकारी दिनुभयो ।
देवघाट गाउँपालिकामा हाल २६ जना सक्रिय कोरोना संक्रमित रहेका स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कका उल्लेख छ ।
हाल देवघाट गाउँपालिका भित्रका संक्रमित सबै होम आइसोलेसनमा रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको देवघाट गाउँपालिका सिआइसिटि संयोजक जीवन गुरुङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्