बाँकेमा थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेका दुई वटा अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । उनीहरूको बुधवार बेलुका ७ बजेदेखि आज बिहान ७ बजे सम्म १२ घण्टा भित्र मृत्यु भएको हो ।
मृत्यु हुनेमा २ जना बाँके, २ जना बर्दिया, १ जना दाङ, १ जना कैलाली र १ जना कञ्चनपुरका रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
ओलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका २० का ५७ वर्षीय पुरुषको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा हिजो बेलुका ७ः१५ बजे, जानकी गाउँपालिका ९, कैलालीका ७४ वर्षीया महिलाको भेरी अस्पतालमा ७ः२० बजे, भेरीमै बासगढी नगरपालिका ५, बर्दियाका ७५ वर्षीया महिलाको ७ः३० बजे र नेपालगन्ज उपमहानगरपालिका २० का ५५ वर्षीय महिलाको राती १२ः४० मृत्यु भएको हो ।
त्यसैगरी, पुनर्वास नगरपालिका ६, कञ्चनपुरका ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा आज बिहान २ बजे, घोराही उपमहानगरपालिका ३, दाङका ५६ वर्षीया महिलाको सोही अस्पतालमा बिहान २ः४५ बजे र गुलरिया नगरपालिका ५, बर्दियाका ८० वर्षीय पुरुषको भेरी अस्पतालमा आज बिहान ७ बजे मृत्यु भएको ओलीले जानकारी दिनुभयो ।
योसँगै बाँके जिल्ला भित्र कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २८४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन बाँके आई मृत्यु हुनेको सङ्ख्या २६४ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्