टीकापुर अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण
टीकापुर कैलाली । टीकापुर नगरपालिकाले टीकापुर अस्पताललाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
नगरपालिकाले टीकापुर अस्पतालमा कोरोनाका बिरामीको उपचारमा सहज होस् भनी २० सिलिण्डर अक्सिजन उपलब्ध गराएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावलले बताउनुभयो ।
नगरपालिकाले यसअघि पनि अस्पताललाई २६ थान सिलिण्डर उपलब्ध गराएको नगरप्रमुख रावलले बताउनुभयो ।
टीकापुर अस्पताल परिसरमा निर्माण गर्ने तयारी सुरु भएको अक्सिजन प्लान्टका लागि समेत टीकापुर नगरपालिकाले २० लाख रकम विनियोजन गरेको छ ।
विभिन्न व्यक्ति, सङ्घसंस्था र स्थानीय सरकारले गरेको सहयोगले टीकापुर अस्पतालमा आएका कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुगेको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर रावलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्