बागलुङमा कोरोना सङ्क्रमणबाट ७९ वर्षीय पुरुषको मृत्यु
बागलुङ । बागलुङमा थप थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
धौलागिरि अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका बागलुङ नगरपालिका–२ का ७९ वर्षीय पुरुषको मंगबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
श्वास प्रश्वासमा समस्या भएपछि उहाँलाई जेठ ८ गते अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।
उनमा केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्