स्वास्थ्य सामाग्री लिएर नेपाल आइपुग्यो अमेरिकी विमान

काठमाडौं । अमेरिकी सरकारको दातृ निकाय अन्तर्राष्ट्रिय विकास नियोग युएसएआइडीले नेपाललाई सहयोग स्वरूप प्रदान गरेको आपत्कालीन स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।
अमेरिकाले नेपाललाई उपलब्ध गराइएको आपत्कालीन सहयोग बोकेको अमेरिकी विमान आज (शनिबार) काठमाडौं आइपुगेको हो ।
उक्त अत्यावश्यक स्वास्थ्य सामाग्रीले नेपाली स्वास्थ्यकर्मी र जनतालाई तीव्र रूपमा बढिरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा थप सहयोग पुर्याउने, अमेरिकी दूतावासले जनाएको छ ।
नेपाललाई उपलब्ध गराइने आपत्कालीन सहयोग मध्ये आजको उडान पहिलो भएको र आगामी दिनमा हवाईजहाज मार्फत थप सामाग्री ल्याइने दूतावासले उल्लेख गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्