सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ । बझाङको वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ मष्टा गाउँपालिकाका अध्यक्ष विनोद कठायतले आफ्नो जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो ।
बिपी कोइराला युवा नेतृत्व विकास मञ्चका जिल्ला सह सचिव समेत रहनुभएका युवा नेता कठायतले आफ्नो जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालयमा पुगेर सुरक्षाकर्मीहरूलाई स्यानिटाइजर र माक्स वितरण गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्