मुख्यमन्त्री भट्टले जित्नुभयो कोरोना

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त हुनुभएको छ । कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधवार गरेको पिसिआर रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताउनुभयो








प्रतिक्रिया राख्नुहोस्