पछिल्लो चौबीस घण्टामा चितवनमा कोरोनाबाट १५ जनाको मृत्यु
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी पछिल्लो चौबिस घण्टामा चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ४ जना, भरतपुर अस्पतालमा २ जना र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जना गरी १५ जनाको मृत्यु भएको हो ।
चितवन देशकै केन्द्र भएको र अन्य जिल्लाबाट अधिकतम बिरामीहरू आउने गरेकोले मृत्युदरमा वृद्धि भएको कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । ‘१५ जना मृत्यु भएका मध्ये ९ जना चितवन बाहिरका छन्, उहाँले भन्नुभयो, कोभिडका गम्भीर बिरामी धेरै भएकोले पनि मृत्युदर बढेको हो ।’









प्रतिक्रिया राख्नुहोस्