पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो

पाल्पा । पाल्पामा निषेधाज्ञाको समय थप गरिएको छ ।
पाल्पामा जेठ १५ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञाको समय थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघिको निर्णय अनुसार जेठ ४ गतेसम्मका लागि निषेधाज्ञा कायम रहेको थियो ।
आज बसेको जिल्ला स्तरीय डिसिसिएमसीको बैठकले उक्त निर्णय गरेको हो ।
पाल्पामा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलँदै गएपछि थप कोरोना फैलिन नदिनका लागि निषेधाज्ञाको समयावधि थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्