माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु
बागलुङ । बागलुङको निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । निसिखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर नजिकै माटो खन्दै गर्दा ढिस्कोले पुरिएर ३३ वर्षीया आमा भवी कुवर र उहाँका १२ वर्षका छोरा सुरेश कुँवरको मृत्यु भएको हो ।
माटोले पुरिएको केही बेरमै स्थानीयले आमा छोरालाई मृत अवस्थामा पुरिएको स्थान बाट निकालिएको वडा अध्यक्ष कुवीर विकले जानकारी दिनुभयो । घटना बारे थप जानकारी आउन बाकी छ ।








प्रतिक्रिया राख्नुहोस्