सुनको मुल्यमा आज पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार सुनको मूल्य तोलामा ९२ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार चार सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । बुधबार तोलामा १३४५ रहेको चादीको मुल्य आज १० रुपयाले घटेर १३३५ मुल्य कायम रहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्