बीरगंजमा थप १ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि
बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परीक्षण र ४१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
पिसीआर परीक्षणको क्रममा १ सय ४९ जना र एन्टिजेन परीक्षणको क्रममा ११ जनामा सङ्क्रमण देखिएको डा.दासले बताउनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा ९५ जना पुरुष र ६५ जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये १ सय १५ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २४ जना, रौतहटका १४ जना, सर्लाहीका ५जना र सिराहाका २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १३ वर्षदेखि ७५ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव ७ देखी ३५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्