कोरोनाका कारण बडिमालिका नगरपालिका ९ का वडा अध्यक्षको निधन
बाजुरा । कोरोनाका कारण बाजुरा बडिमलिका नगरपालिका वडा न. ९ मार्तडीका वडा अध्यक्ष विनोद कुमार विकको निधन भएको छ ।उहाँलाई आजै जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्ने भएपछि डडेलधुरा रिफर गरिएको थियो । अध्यक्ष विकलाई कोरोना देखिएको र जिल्लामा उपचार सम्भव नभएपछि डडेलधुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ। रिफरपछि डडेलधुरा लैजाँदै गर्दा बाटोमै निधन भएको स्थानीय सन्तोष बिकले बताउनुभयो ।
मृतक वडा अध्यक्ष विकको शव बिच बाटोबाट मार्तडी फर्काइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्