कैलालीमा पछिल्लो २४ घण्टामा ९ सङ्क्रमितको मृत्यु
कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ ।
धनगढी ३ का ६१ वर्षीय पुरुष, कञ्चनपुर २ पुर्नवास का ८७ वर्षीय पुरुष कैलाली बर्दगोरीया २ का ७५ वर्षीय पुरुष, बर्दगोरीया ६ का ६१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै धनगढी १ बस्ने ५० वर्षीय पुरुष, धनगढी ५ का ४३ वर्षीय पुरुष, धनगढीका ४ का ८१ वर्षीय पुरुष, धनगढी १२ का ५० वर्षीय महिलाको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै कैलाली लम्की चुहा नगरपालिका ६ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्