पर्वतमा थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि
पर्वत । पर्वत आज एकै दिन ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
बिहादी गाउँपालिकाका २५ जना, जलजला गाउँपालिकाका १३, कुश्मा नगरपालिकाका १० जना र महाशिला र मोदी गाउँपालिकाका १÷१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै पर्वतमा दोस्रो लहरको कोरोना सङ्क्रमण हुनेको सङ्ख्या १ सय ८० पुगेको छ भने मृतकको सङ्ख्या ८ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्