तपाईँ सुन्दै हुनुहुन्छः

बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ हजार १ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९१ हजार २ सय रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button