उपचारको अभावमा कोही बिरामी मर्ने अवस्था आउन दिँदैनौँ : मुख्यमन्त्री शाही

सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जिल्ला अस्पताल सल्यानको निरीक्षण तथा अनुगमन गरेका छन् । बिहीबार मुख्यमन्त्री शाहीले सल्यान कोरोना संक्रमित सङ्ख्या बढ्नुका साथै, मृतकको सङ्ख्या बढ्न थाले पछि अस्पतालको अनुगमन तथा निरीक्षण गरेका हुन ।
जिल्ला अस्पताल सल्यानको अनुगमन तथा निरीक्षण गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले कुनै पनि बिरामी उपचार अभावका कारण मृत्यु हुन नदिने बताउनुभयो । जिल्लामा खाली रहेका अक्सिजन, भेन्टिलेटर लगायतका सामाग्रीलाई प्रयोगमा ल्याउन कर्मचारीलाई निर्देशन समेत दिए ।
स्वास्थ्य सामाग्री आपूर्ति गर्नको लागि प्रदेश सरकार तयार रहेकाले कुनै पनि समस्या परेमा तत्काल प्रदेशमा खबर गर्न आग्रह गदै मुख्यमन्त्रीले भने ‘अस्पतालमा बिरामीको चाप बढ्ने अवस्था छ । अस्पतालमा आएको बिरामीलाई जिल्ला बाहिर पठाउनु भन्दा जिल्लामै व्यवस्था गर्न कर्णालीका सबै जिल्लामा आवश्यक पर्ने बजेट पठाइ सकिएको छ ।’
कोरोनाका उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको टोलीलाई प्रदेश सरकारले उचित भत्ताको व्यवस्था गरेको छ मुख्यमन्त्रीको भनाई छ ।
जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भिमकान्त जैसीले जिल्ला अस्पताल सल्यानमा पर्याप्त मात्रामा उपकरणहरू नहुँदा बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था आएको बताए । अस्पतालमा आवश्यक जनशक्ति भए पनि उपकरणको समस्या भएकोले प्रदेश सरकारसँग उपकरण उपलब्ध गराइदिन आग्रह गरे ।
यसै बिच मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्