तपाईँ सुन्दै हुनुहुन्छः

अमरगढी नगरपालिकामा एकै दिनमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि  

डडेलधुरा  । डडेलधुराको अमरगढी नगरपालिकामा एकै दिनमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ३१ पुरुष र १२ जना माहिला रहेका छन् ।

अमरगढी नगरपालिकाको ११ वडा मध्ये सबैभन्दा बढी वडा नम्बर ५ मा २४ जनामा  कोरोना सङ्क्रमित रहेका छन् । त्यसपछि वडा नम्बर  ६ मा सात जनामा कोरोना देखिएको छ ।  यी दुवै वडा बजार क्षेत्र रहेका छन् ।

देशका विभिन्न जिल्लाका साथै भारतबाट आउने मानिसहरूका साथै बागबजारमा बिहान र बेलुकी खाद्यान्नका र तरकारी किन्ने बहानामा हुने भिडभाडले गर्दा वडा नम्बर पाँचमा कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिरहेको बताइएको छ ।

यसै गरी निषेधाज्ञाका समयमा पनि मानिसहरूको चहलपहल बढी हुने गरेकाले पनि कोरोना सङ्क्रमण कम हुन नसकेको अमरगढी नगरपालिकाले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट सावधानी अपनाउनका लागि जिल्ला सदरमुकाममा एक सातादेखि निषेधाज्ञा गरिएको अमरगढी नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले जानकारी दिनुभयो ।

कार्यालयको अति आवश्यक काम बाहेक अन्य कामकाजहरू पूर्णतया बन्द गरिएको भए पनि कोरोना सङ्क्रमण न्यूनीकरण गर्न लागिपरेको उहाँको भनाई थियो ।

अमरगढी नगरपालिकामा हालसम्म १ सय ८४ जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् ।

अमरगढी नगरप्रमुख ओझा चढ्ने गाडी एम्बुलेन्समा परिणत
डडेलधुराको अमरगढी नगरपालिकाले नगरपालिकाका दुई वटा स्कारपियोलाई एम्बुलेन्स र टिप्परलाई शव वाहन बनाउने घोषणा गरेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि अमरगढीका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले यस्तो घोषणा गर्नुभएको ।

जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र टिप्परलाई शव वाहन बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिनुभयो ।

नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र नगरपालिकाको टिप्परलाई शव वाहन बनाउने निर्णय कार्यपालिकाको बैठकबाट गरिएको हो ।

आफु चढ्ने सवारी साधनलाई एम्बुलेन्स बनाएर कोरोना सङ्क्रमितको सेवामा पठाउने निर्णय गर्ने जिल्लाकै पहिलो स्थानीय तह अमरगढी नगरपालिका हो ।

यस अगाडी जनताको करबाट खरिद गरेका स्थानीय तहका गाडीलाई कोरोना सङ्क्रमितको लागि प्रयोग गर्नुपर्ने आवाज तीव्र रूपमा उठेको थियो ।

कोभिडका सिकिस्त बिरामीलाई धनगढी पठाउन एम्बुलेन्सको अभाव रहेकोले स्थानीय तह र अन्य कार्यालयका गाडीले पनि तयार रहनु पर्ने नेकपा एमाले डडेलधुराका अध्यक्ष प्रकाश साउदले अनुरोध गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button