कोरोना सङ्क्रमणका कारण बर्दियामा एक युवकको मृत्यु
बर्दिया । कोरोना सङ्क्रमणका कारण बर्दियामा एक युवकको मृत्यु भएको छ ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको वडा नम्बर ८ का एक युवाको कोरोनाका कारण मृत्यु भएको हो ।
कोरोनाकै कारणले सिकिस्त हुनुभएका युवालाई बुधवार साँझ मात्र एम्बुलेन्समा अस्पताल लैजान क्रममा मृत्यु भएको हो ।
बारबर्दियाका मृत्यु हुने ३८ बर्षीया पुरुष यही वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उनी र उनकी श्रीमतीलाई कोरोनाको पोजेटिभ रिपोट आएको थियो ।
कोरोना रिपोट पोजेटिभ आएपछि कसैलाई जानकारी नगराई उनीहरू होम आइसोलेसनमा बस्दै आएका थिए ।
कोरोना सङ्क्रमण भएकी उनको श्रीमतीको अवस्था भने सामान्य रहेको छ ।
योसँगै बर्दियामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्