तपाईँ सुन्दै हुनुहुन्छः

भेरी नदी किनारमा बेवारिसे शव फेला

सल्यान । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ रिनिघाट नजिकै भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
बुधवार साँझ भेरी नदी किनारमा अपरिचित पुरुषको शव फेला परेको अस्थायी प्रहरी चौकी बोटचौरले जानकारी दिएको छ ।
भेरी नदीले बगाएर शव ल्याएको हुन सक्ने अनुमान गरिएको छ । शवको पहिचान नभएको र छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
गत वैशाख १८ गते सल्यान बनगाड कुपिण्डे नगरपालिका–२ सल्ली बजार नजिकै भेरी नदिमा नुहाउन भएका एक मजदुर बेपत्ता भएका थिए । बेपत्ता उनी फेला पर्न सकेका छैनन् । फेला परेको लास उनकै हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button