बालुवाटारमा एमाले स्थायी समिति बैठक सुरु

काठमाण्डौं । नेकपा एमाले स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सुरु भएको छ ।
बैठकमा यही बैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले लिनुहुने विश्वासको मत, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुसँग प्रधानमन्त्रीले गर्नुभएको वार्ता लगायतका समसामयिक विषयमा छलफल हुने बताईएको छ ।
एमाले नेता माधबकुमार नेपाल समूहले कांग्रेस र माओबादी केन्द्रसँग मिलेर राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनमा साझा उम्मेदवार बनाउन गरेको सहमतिका बारेमा पनि बैठकमा गम्भीर छलफल हुने बुझिएको छ ।
बुधबार नेता नेपाल, माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजबादी पार्टीका नेता उपेन्द्र यादबबीच राष्ट्रियसभा र लुम्बिनी प्रदेशमा साझा उम्मेदवार बनाउनेबारे सामूहिक छलफल भएको थियो ।
जसअनुसार, डाक्टर खिमलाल देवकोटालाई राष्ट्रियसभामा उम्मेदवार बनाईदैछ । जबकि, एमालेले स्थायी समिति सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्