तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द

काठमाडौं । अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द हुने भएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।

वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो।

आन्तरिक उडान भने बैशाख २१ गते राति देखि नै रोकिएका छन्। अत्यावश्यक पर्दा आन्तरिक तथा बाह्‍य चार्टर उडान हुने भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button