तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सक, स्वास्थ्यकर्मी लगायतका परिवारलाई २५ लाख दिने प्रदेश १ सरकारको निर्णय 

विराटनगर । प्रदेश १ सरकारले कोभिड पहिचान, निदान, उपचार तथा बिरामीको ओसारपसार तथा शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सरसफाइ तथा कर्मचारीको कोभिडका कारण मृत्यु भएमा निजका परिवारलाई क्षतिपूर्ति स्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी एकमुष्ट २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

प्रदेश १ को मन्त्रीपरिषद् बैठकले चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सरसफाइ तथा सवारी चालक साथै शव व्यवस्थापनमा खटिएकाहरू कोभिडका कारण बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचारमा लाग्ने सम्पुर्ण खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ  ।

त्यसैगरि कोभिड १९ वाट संक्रमित भई होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभएमा घर बाहिर संस्थागत वा होटेल आइसोलेसनमा बस्दा खाना तथा खाजा सहित होटेलमा लाग्ने सम्पुर्ण खर्च प्रदेश सरकार बेहोर्ने मंत्रीपरिषदवाट निर्णय भएको सामाजिक विकासमंत्री उषाकला राईले बत्ताउनुभयो ।

त्यस्तै बैठकले प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, तथा प्रदेश सरकारका मातहतका चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सरसफाइ कर्मचारीलाई शुरुको तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button