तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा निषेधाज्ञासहित दुई वडा सिल 

चौतारा ।  कोभिड १९ का संक्रमितहरु बढ्न थालेपछि सिन्धुपाल्चोक जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
आज बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले बुधवार बेलुकी १२ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि सिन्धुपाल्चोक जिल्लालाई पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका दुई वडालाई सिल गर्ने निर्णय पनि बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको वडा ४ र ९ मा कोभिड १९ का संक्रमितहरु अत्यधिक रुपमा देखा पर्नुका साथै वडा ४ का एक जनाको मृत्यु भएपछि ती दुई वडालाई वैशाख २३ गतेबाट ३१ गतेसम्म सिल गरिएको कोभिड १९ सङ्कट व्यवस्थापन समिति, सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button