तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

बझाङ । बझाङमा बुधवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कैलाली चुरे गाउँपालिका – ६ का १८ वर्षीय सह– चालक पुरन साउदको घटनास्थलमै मृत्यु भएको हो ।
सडक निर्माणका लागी ढुङ्गा लैजाँदै गर्दा जय पृथ्वी नगरपालिका – १० को खेइरामा काफलासैनी कन्स्ट्रक्सनको से २ त २५९६ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जानकारी दिनुभयो ।
मृतकको शव पोस्ट मार्टमका लागी जिल्ला अस्पताल सिम खेतमा राखिएको छ । ट्याक्टर सडक खण्डको घुम्तीमा अनियन्त्रित भई सडकमै पल्टिएको डिएसपी खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button