तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु 


बीरगंज  । वीरगञ्जमा उपचाररत थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

बीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत बाराका ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण आज दिउँसो १ः५० बजे उपचारको क्रममा मृत्यु भएको हो  ।

बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर २ निवासी पुरुषको वैशाख २१ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको र आज उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।

उच्च निमोनियाको कारण श्वास प्रश्वासमा अवरोध भएपछि उनको निधन भएको डा. दासले बताउनुभयो ।

यसअघि आज बिहान नारायणी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको तथा नारायणी बयोधा अस्पतालमा उपचाररत एक  पुरुषको गरी तीन जनाको मृत्यु भएको छ ।

१२ घण्टा भित्र वीरगंजमा उपचाररत ४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button