तपाईँ सुन्दै हुनुहुन्छः

प्रसूति सेवा नपाउँदा महिलाको मृत्यु

डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका–४ खलङ्गा निवासी ३४ वर्षीया रेखा ओडको प्रसूति सेवा नपाउँदा मृत्यु भएको छ ।

प्रसूतिका लागी डडेलधुरा अस्पतालमा पुगेकी ओडलाई अस्पतालले कोरोनाको कारण देखाउँदै प्रसूति सेवा दिन नसकिने भनेर घर फर्काएको थियो ।

घरमै प्रसूति भएकी ओडको रक्तस्रावका कारण ज्यान गएको परिवारको भनाइ छ । बच्चा जन्मिएपछि निरन्तर रक्तस्रावका कारण उनको मृत्यु भएको स्थानीय अधिकारकर्मी किशोरी धामीले बताउनुभयो । मृतक ओडका दुई छोरा र दुई छोरी छन् ।

आमाको निधन भएपछि नवजात शिशुलाई डडेलधुरा अस्पतालको नवजात शिशु सघन उपचार कक्षमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button